कांग्रेस बैठक फेरि सर्यो
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। आइतबारका लागि बोलाइएको बैठक सोमबार लागि सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
महाधिवेशनको विषय टुंगो नलाग्दा बैठक पटक-पटक सर्दै आएको छ। यसअघि शुक्रबार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको थियो। कांग्रेस शीर्ष नेताहरूबीच सहमति नजुटेपछि बैठक सोमबारका लागि सरेको हो।
प्रतिक्रिया दिनुहोस !