कामबाट निकालेको रिसमा उद्योगका प्रबन्धकको हत्या, दुईजना पक्राउ

कामबाट निकालेको रिसमा उद्योगका प्रबन्धकको हत्या, दुईजना पक्राउ

सिमराः बाराको प्रसौनी गाउँपालिका-६ स्थित किरण वेभरेज प्रालीका प्रबन्धक रामकिशोर सिंहको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२२ का २१ वर्षीय राजनकुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहा रहेका छन्।

सिंहको हत्या गरेर फरार भएका उनीहरूलाई प्रहरीले घटना भएको १८ घण्टामै नियन्त्रणमा लिएको थियो। भारतीय सीमा क्षेत्रबाट मंसिर १२ गते राति नै पक्राउ परेका उनीहरूलाई बारा जिल्ला अदालतबाट आइतबार ७ दिन हिरासतमा राख्ने अनुमति लिएपछि प्रहरीले सार्वजनिक गरेको हो। 

उनीहरुले मंसिर ११ गते राति पानी उद्योगका प्रबन्धक सर्लाही धनकौल गाउँपालिका-२ का ५० वर्षीय सिंहलाई धारिलो हतियारले रेटेर हत्या गरेका थिए। हत्यापछि उनीहरुले सिंहको शवलाई उद्योग भन्दा करिब २५ मिटर उत्तरतर्फको झाडीमा लुकाएर फरार भएका थिए। घटनाको अनुसन्धानका क्रममा उद्योगमा चालकको रुपमा कार्यरत रामको संलग्नता हुनसक्ने देखेपछि प्रहरीले राम केन्द्रित अनुसन्धान अघि बढाएको थियो।

राम उक्त उद्योगमा चालकको रुपमा कार्यरत थिए। आचरण राम्रो नभएको भन्दै प्रबन्धक सिंहले उनलाई मंसिर १० गते कामबाट हटाएका थिए भने मंसिर ११ गते काम गरेवापतको ज्याला दिई पठाएका थिए। उद्योगबाट उत्पादित पानी व्यक्तिगत मुनाफाका लागि बजारमा बढी मूल्यमा बिक्री गर्ने गरेको थाहा पाएपछि प्रबन्धक सिंहले रामलाई हटाएको प्रहरीको भनाइ छ। 

सिंह र रामबीच अघिल्लो वर्षको मंसिर महिनामा समेत वादविवाद भएको थियो। वादविवादपछि उद्योग छोडेर गएका राम कात्तिक १ गतेदेखि पुनः चालकका रुपमा काम गर्दै आएका थिए। प्रबन्धक सिंह र चालक रामबीचको सम्बन्ध राम्रो थिएन। पछिल्लो पटक कात्तिक १० गते कामबाट हटाएपछि रामले सिंहको हत्या गर्ने योजना बुनेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सिंहले वीरगन्जस्थित एक होटलमा प्रमोद साह तुरहासँग मदिरा सेवन गर्दै हत्याको योजना बुनेका थिए। 

योजनाअनुसार वीरगन्जबाट राति करिब १० बजे उद्योगमा आएका उनीहरुले सिंहमाथि धारिलो हतियार र इँट्टा प्रहार गरेर हत्या गरेका हुन्। सो क्रममा उनीहरुले उद्योग भित्रको सीसीटीभी क्यामरा समेत फुटाएका थिए। घटनालगत्तै प्रहरी उपरीक्षक नरेन्द्र कुवँर र अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक दीपक बस्नेतको टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धाका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो।

पक्राउ परेका रामले हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन्। रामले आफूलाई कामबाट हटाएको आक्रोशमा सिंहको हत्या गरेको प्रारम्भिक बयान प्रहरीलाई दिए। तुरहा र आफू मिलेर सिंहको हत्या गरेको बयान रामले दिएपछि प्रहरीलाई घटनाको अनुसन्धान गर्न सहज भएको छ। बाराका निमित्त प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी खेमप्रसाद नेपालले हत्यामा प्रयोग गरिएका धारिलो हतियार समेत बरामद भएको जानकारी दिए। उनीहरुविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान थालिएको नेपालले बताए। 
    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.