चन्द्रदेव जोशीले घनश्याम भुसाललाई दिए कार्यवाहक अध्यक्षको जिम्मेवारी

चन्द्रदेव जोशीले घनश्याम भुसाललाई दिए कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं : नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले घनश्याम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष जोशीले आफू पार्टीमा सक्रिय हुन नसक्ने भएकाले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी दिए । उनले देशको कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट नेताहरू भ्रष्टाचारमा डुबेकाले देश संकटमा पुगेको बताए । 

कम्युनिष्ट आन्दोलन अहिले जनताको नजरमा अविश्वासको अवस्थामा रहेकाले अब नेकपा (संयुक्त) ले जनतामा विश्वास दिलाउँदै अघि बढ्ने उनले बताए । जोशीले युवाहरको काँधमा सम्पूर्ण जिम्मेवारी सुम्पिएर नयाँ कम्युनिष्ट पार्टी गठनको प्रक्रिया सुरु गरिएको जिकिर गरे।

पत्रकार सम्मेलनमा नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले देशलाई अघि बढाउन चुनाव अपरिहार्य भएकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले राजनीतिक दलहरूले नै चुनाव हुन नदिने अवस्था सिर्जना गर्न सक्ने भएकाले सजक हुनुपर्नेमा जोड दिए । 

भुसालले पुराना भनिने दल र नयाँ भनिने दलको विकल्प आवश्यक रहेकाले आफ्नो दल त्यसदिशातर्फ अघि बढ्ने स्पष्ट पारे । उनले प्रचण्डको नेतृत्वमा भएको एकता देशको हितमा नरहेको र राम्रो सन्देश नदिने तर्क गरे।

नेकपा (संयुक्त)ले घनेन्द्र बस्नेत,कृष्ण प्रसाद भण्डारी र खेमबन्धु कोइरालालाई पार्टीको बरिष्ठ नेतामा मनोनित गरेको छ भने पार्टीको आगामी विशेष राष्ट्रिय सम्मेलनमा पेश गरिने दस्तावेज निर्माणका लागि चार सदस्यीय कमिटी गठन गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.