प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवसको रूपमा मनाउने सरकारको निर्णय

प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवसको रूपमा मनाउने सरकारको निर्णय
फाइल तस्बिर

काठमाडौं : सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी/अविवाहित छोरालाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.