मधेशमा नयाँ सरकार बनाउन सात दल निष्कर्षविहीन

मधेशमा नयाँ सरकार बनाउन सात दल निष्कर्षविहीन

जनकपुरधाम : मधेश प्रदेशमा नयाँ सरकार बनाउने कसरत असफल भएको छ। दिउँसो ३ बजेदेखि बसेको ७ दलको बैठक राति ९ बजेसम्म पनि सहमति जुट्न सकेको छैन। 

मुख्यमन्त्रीका दावेदार लोसपाका नेता तथा पूर्वमुख्यमन्त्री जितेन्द्र (सोनल) प्रसाद सोनार र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको दाबी कायमै रहँदा सहमति जुट्न नसकेको हो। जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले दलीय सहमति जुटे पनि सहमति बारे खोल्न चाहेनन्। उनका अनुसार सहमति भए पनि औपचारिक घोषणा भोलिमात्र हुने छ। 

स्रोतका अनुसार ७ दलबीच मुख्यमन्त्रीमा सहमति जुट्न नसक्दा मन्त्रीहरूको पनि टुंगो लाग्न सकेको छैन। बैठक पुनः शुक्रबार बस्ने गरी स्थगित गरिएको स्रोतले बताएको छ। 

 
७ दलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउने अवस्था नदेखेपछि बुधबार राजीनामा दिएका थिए।

उनको राजीनामापछि प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको आह्वान गर्दै शुक्रबार ५ बजेसम्मका लागि समय दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.