रुसी राष्ट्रपति पुटिनले भने- भारतमा निर्वाधरुपमा इन्धन आपूर्ति हुन्छ
काठमाडौं : भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भारतलाई कुनै पनि अवरोधबिना इन्धन आपूर्ति जारी राख्ने बताएका छन्। अमेरिकाले भारतलाई रुसबाट तेल नकिन्न निरन्तर दबाब दिइरहेको बेला रुसी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्।
अमेरिकाले रुसबाट तेल खरिद गर्दा भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क पनि लगाएको छ। यसले भारतमाथिको अमेरिकी भन्सार शुल्क ५० प्रतिशत पुगेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएका थिए। जसमा रूसी तेल र हतियार खरिद गर्दा २५ प्रतिशत जरिवाना पनि समावेश थियो।
ट्रम्पले युक्रेन विरुद्धको युद्धमा भारतले रुसी तेल र हतियार खरिद गरेर रुसलाई फाइदा पुर्याएको आरोप लगाएका छन्। जुन आरोप भारतले अस्वीकार गरेको छ।
सन् २०२२ मा युद्ध सुरू हुनुभन्दा अगाडि भारतको रुसबाट तेल आयात मुस्किलले २.५ प्रतिशत थियो। तर, छुट दरमा रुसी तेल खरिद गरेपछि २०२४-२५ मा यो बढेर लगभग ३५.८ प्रतिशत पुगेको छ।
प्रतिक्रिया दिनुहोस !