लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

काठमाडौं : नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण भव्यरुपमा सम्पन्न भएको छ।

सोमबार आयोजित यस महोत्सवले विशेषगरी  दुई देशबीच सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्नुको साथै दुई मुलुकबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई उजागर गरेको छ।

null

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर,भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर,लुम्बिनी विकास कोषका उपाध्यक्ष  डा.ल्हारक्याल लामा तथा भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा.राकेश पाण्डेले संयुक्तरूपमागरेका थिए।

null

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि,शिक्षाविद्,वरिष्ठ भिक्षुहरू,लुम्बिनी विकास कोषका सदस्यहरूको  उत्साहजनक सहभागिता थियो। कार्यक्रममा भारत र नेपालका चर्चित कलाकारहरूको सांस्कृति प्रस्तुतिसहित कार्यक्रम प्रस्तुत गरिएको थियो। 

सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा छ सदस्यीय आईसीसीआर समूहले बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरेको थियो। साँझमा नेपाली ब्यान्ड 'घुगु मुगु' द्वारा परम्परागत संगीत प्रस्तुति पनि समावेश थियो।

null

महोत्सवको एक अंशको रूपमा सोही दिन लुम्बिनी बौद्ध विश्वविद्यालयमा “इन्डिया-नेपाल बुद्धिस्ट हेरिटेजः अ कमन लिगेसी” शीर्षकको एक शैक्षिक गोष्ठी आयोजना गरिएको थियो । 

गोष्ठीमा दुवै देशका प्रतिष्ठित बौद्ध विद्वानहरूले दुई देशबीच सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्न र जनता-जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न बौद्ध सम्पदाको महत्त्वबारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रमले दुई राष्ट्रबीचको सांस्कृतिक र ऐतिहासिक बन्धनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.