सरकारले कुनै निकायमा हस्तक्षेप गर्दैन : मन्त्री खरेल

सरकारले कुनै निकायमा हस्तक्षेप गर्दैन : मन्त्री खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राज्यका निकायमाथि कुनै हस्तक्षेप नगरेको बताएका छन्। 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारिका समूह नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले सतर्कता केन्द्र, अनुसन्धान व्युरो, अख्तियारलगायतका निकायमाथि कुनै हस्तक्षेप नगरेको दाबी गरे। उनले ती निकायहरूले स्वःस्फूर्त रूपमा प्रभावकारी ढंगले काम गरेको दाबी बताए।

उनले सुशासन कायम हुनुपर्ने जनेजी आन्दोलनको प्रमुख मुद्दा भएकाले भन्दै भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारको विशेष ध्यान रहेको बताए। त्यसैको परिणाम पछिल्लो दुई महिनामा २५ भन्दा बढी ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्तासमेत भइसकेको उनले बताए।

उनले सरकारलाई निर्वाचनको जिम्मेवारीसमेत तोकिएकाले समयमा नै निर्वाचन गर्नका लागि सरकारकातर्फबाट सबै तयारी गरिसकेको जानकारी दिए। त्यस्तै मन्त्री खरेलले कलम चलाउने पत्रकारहरूमा देशको नेतृत्व गर्ने अवसर सिर्जना भएकाले आगामी निर्वाचनमा महिला पत्रकारहरू पनि अब राजनीतिमा आएर देश चलाउने आँट गर्न सुझाव दिए। 

खरेलले १६ दिने अभियानका सन्दर्भमा बोल्दै अहिलेको समयमा डिजिटल हिंसाबाट कोही पनि सुरक्षित नभएको बताए। उनले भने, ‘अहिले कोही पनि आफ्नो कोठामा सुरक्षित हुँदाहुँदै पनि सुरक्षित छैनौं। डिजिटलको दुनियाँलाई सुरक्षित राख्ने सबैभन्दा ठूलो जिम्मेवारी तपाईं हाम्रै हो। हामी पहिला सचेत हुनुपर्छ।’

मन्त्री खरेलले सोसल मिडियालाई अब मर्यादित र जवाफदेही बनाउने बेला भएको भन्दै सरकार यो जिम्मेवारीबाट पछि नहट्ने पनि उनले उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.