अन्नपूर्णकर्मी बासु क्षितिजलाई मातृशोक
सिन्धुली : अन्नपूर्ण पोस्ट्का वरिष्ठ कार्टुनिस्ट बासु क्षितिजलाई मातृशोक परेको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा कार्टुनिस्ट क्लबका अध्यक्षसमेत रहेका क्षितिजकी ममतामयी माता डम्बरकुमारी श्रेष्ठको बुधबार ७६ वर्षको उमेरमा उनकै निवास सिन्धुलीमा निधन भएको हो। निमोनियाबाट ग्रसित डम्बरकुमारीका श्रीमान् र दुई छोरा छन्।
प्रतिक्रिया दिनुहोस !