जेनजीसँग भएको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय, जाँचबुझ आयोगको कार्यक्षेत्र पनि थपियो

जेनजीसँग भएको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय, जाँचबुझ आयोगको कार्यक्षेत्र पनि थपियो
फाइल तस्बिर

काठमाडौं : सरकारले जेनजी समूहसँग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच भएको सहमतिलाई अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। 

उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको उनले बताए। बैठकले प्रधानमन्त्री र जेनजी प्रतिनिधीबीच भएको सम्झौता बमोजिम जेनजी आन्दोलन जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए।

त्यस्तै बैठकले न्याय सेवा आयोगको सिफारिसअनुसार अख्तियारमा कार्यरत नेपाल न्यायसेवा कानुन समूह राजपत्राङ्कीत प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई नेपाल न्यायसेवाको राजपत्राङ्कीत विशिष्ठ श्रेणीको पदमा बढुवा नियुक्त गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको उनले बताए।

त्यसैगरी प्रवक्ता खरेलले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुननिर्माण योजना तयार गर्न गठित समितिको प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण भएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.