नेपाली कांग्रेस रसुवाले गर्यो उम्मेदवार सिफारिस
रसुवा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले उमेदवार सिफारिस गरेको छ।
कालिकास्थानमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य इन्जिनियर मोहन आचार्यलाई एकल नाम सिफारिस गर्ने निर्णय गरेको पार्टी सभापति पेम्बाछिरिङ तामाङले बताए।
यस्तै समानुपातिक तर्फ सभापति पेम्बाछिरिङ तामाङ र सार्किबुटी तामाङको नाम सिफारिस गरिएको छ। साथै राष्ट्रिय सभातर्फ जनकजीवन उपाध्यायको नाम सिफारिस गर्ने निर्णय भएको नेपाल नेपाली कांग्रेस रसुवाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !