बेलकोटगढी र लिखु जोड्ने पक्की मोटरेबल पुल निर्माण

बेलकोटगढी र लिखु जोड्ने पक्की मोटरेबल पुल निर्माण

नुवाकोट : नुवाकोटको सुपारीखोल्चीमा पक्की मोटरेबल पुल निर्माण गरिएको छ। बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ जोड्ने सुपारीखोल्ची मोटरेबल पुलको निर्माण कार्य सकिएसँगै उद्घाटन गरिएको हो। नवनिर्मित उक्त पुलको शनिबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरे। 

पुलको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक हाम्रो देशमा जनताको भावनालाई सम्बोधन गरेर अगाडि बढ्नु मुल उद्देश्य रहेको बताए। उनले जेनजी पुस्ताको आन्दोलनले पनि लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्ने जनताको भावनालाई सम्बोधन गर्नुपर्ने उल्लेख गरेको बताए। 

कुल ४१ मिटर लम्बाइ र आठ दशमलव  चार मिटर चौडाइको उक्त पुल बागमती प्रदेश सरकारको ८ करोड ७८ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको हो। गत २०८१ साल असार १४ गते निर्माण सम्झौता भई जयविष्णु निर्माण सेवाले २०८२ साल असोज १३ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा समयभन्दा २ महिना अघि नै पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए। 

उक्त पुल सम्झौता अगाडि नै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ जोड्ने सुपारीखोल्ची मोटरेबल पुलको निर्माण कार्य तोकेको समय अगावै सम्पन्न गर्ने जयविष्णु निर्माण सेवालाई सम्मान गरिएको हो। 

पुल  २०८१ असार १४ गते भएको सम्झौता अनुसार २०८२ असोज १३ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएकोमा दुई महिनाअघि नै निर्माण कार्य पूरा गरिएकोमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जयविष्णु निर्माण सेवाका सञ्चालक अनिलकुमार सिलवाललाई दोसल्ला ओढाउनुका साथै  कदरपत्र प्रदान गर्दै सम्मानित गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.