फेरि फणा उठाएको आतंकवाद

फेरि फणा उठाएको आतंकवाद

अस्ट्रेलियाको सिड्नीमा समुद्री तटमा भएको एउटा आतंकवादी हमलाले विश्वभर नै आतंक मच्चाएको छ।  बोन्डाई तटमा हानुका पर्व मनाइरहेका यहुदी धर्मावलम्बीमाथि त्यो हमला भएको थियो।  त्यसो त आतंकवादीहरूको कुनै धर्म हुँदैन, उनीहरूले धर्मावलम्बीहरूलाई नै निसाना बनाए।  १५ जनाको ज्यान लिए।  बालबालिका र वृद्धवृद्धालाई ताकीताकी गोली चलाए।  ४० जनाभन्दा बढी घाइते हुनेगरी आइतबार भएको आक्रमण सामान्य अपराध होइन।  किनभने उनीहरूले निर्दाेष र निहत्था नागरिकको हत्या गरेका छन्।  पर्व मनाइरहेका बेला भएको आक्रमण घोर निन्दनीय र भत्र्सनालायक छ।  यो यहुदी धर्मावलम्बीमाथिको होइन, मानवतामाथिको आक्रमण हो। 

संसारको जुनसुकै कुनामा भएको भए पनि त्यो नेपालको पनि सरोकारको विषय हो।  नेपाल शान्तिमा विश्वास गर्ने मुलुक हो।  यसले संसारभरका मानिसहरूलाई विश्वबन्धुत्वको भावनाले हेर्छ।  जो कसैको भलो चाहन्छ।  त्यस्तो आतंकवादको खिलापमा नेपाल सधैं उभिन्छ।  आतंकवादको कुनै सीमा हुँदैन।  यो केवल मानव सभ्यताको कलंक हो।  निहत्था नागरिकमाथि अनाहकमा गोली बर्साउने घटना जहाँ भए पनि विश्वभर त्यसको तरंग पुग्छ, आखिर आज संसार एउटा गाउँमा रूपान्तरण भएको छ।  यस हिसाबले पनि आतंकवादले फणा उठाउन खोजेको प्रतीत हुन्छ।  २००२ सेप्टेम्बर ११ मा अमेरिकाको जुम्ल्याहा भवनको आक्रमणले विश्वभर आतंक सिर्जना गरेको थियो।  हिंसालाई प्रश्रय पुग्छ।  तसर्थ, जुनसुकै हिंसा पनि निरुत्साहित हुनुपर्छ।  आतंकवाद जुनसुकै आवरणको पनि निमिट्यान्न हुनुपर्छ भन्ने मान्यता हामी राख्छौं। 

कुनै बेला सशस्त्र द्वन्द्व बेहोरेको नेपालले पनि हिंसाको नमीठो अनुभव गरेको छ।  तसर्थ, अस्ट्रेलियामा परेको चोटमा नेपालको समअनुभूति छ।  त्यसमाथि अस्ट्रेलियामा लाखौं नेपाली बस्छन्।  सोही कारण पनि त्यहाँ हिंसाले कुनै पनि हालतमा फणा उठाउनु हुँदैन भन्ने हामी चाहन्छौं।  पछिल्लोपटक भारतमा पनि त्यस्तै आतंकवादी हमला हुँदा एक नेपालीले ज्यान गुमाउनुपरेको थियो।  विश्वका चारैतिर फैलिएका छन्, नेपाली।  तसर्थ, पनि जुनसुकै कुनाको हिंसा र आतंकले नेपालीलाई झस्काउनु स्वाभाविक हुन्छ।  त्यसमाथि हामी कोही कसैमाथि हिंसा नहोस् र कतै आतंक नफैलियोस् भन्ने मान्यता राख्ने राष्ट्र हौं।  यसै पनि हाम्रो परराष्ट्र नीतिसमेत असंलग्न छ।  कुनै पनि युद्धमा समेत हामी कसैको पक्ष लिँदैनौं, मात्र शान्ति चाहन्छौं।  हिंसा, आतंक वा युद्ध जेसुकै होस्, हामी नेपाली त्यो रोकियोस् भन्ने चाहन्छौं। 

अस्ट्रेलियामा भएको आतंकवादी हमलाको गुह्य पत्ता लगाउन जरुरी छ।  समाजमा किन आतंक फैलिन्छ र कोही किन आतंकवादी बन्न तम्सन्छ भन्ने राज पत्ता लगाउँदामात्रै यस्ता क्रियाकलाप भविष्यमा रोक्न सकिन्छ।  शान्तिको एकोहोरो प्रलापमात्रै यस्ता हिंसा रोक्न पर्याप्त हुँदैनन्।  शक्ति र विकसित राष्ट्रहरूमै यस्ता आतंक धेरै फैलिएको हुँदा यस विषयको गहिरो अनुसन्धानको पहिलो जिम्मेवारी उनीहरूकै काँधमा छ।  नेपालले त आतंकको सधैं विपक्षमा उभिएर शान्तिको पक्षमा आफूलाई अडिग नै राख्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.