अमेरिकाको 'डीभी लटरी' कार्यक्रम स्थगित

अमेरिकाको 'डीभी लटरी' कार्यक्रम स्थगित

काठमाडौं : अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डीभी-१ स्थगित गरिएको जानकारी दिएकी छन्। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डपछि उक्त कार्यक्रम रोक्न संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवालाई आदेश दिएको उनको भनाइ छ।

'राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यो विनाशकारी कार्यक्रमबाट थप कुनै अमेरिकी नागरिकमाथि क्षति नहोस् भन्ने सुनिश्चित गर्न डीभी-१ कार्यक्रम तत्काल स्थगित गरिएको छ,' एक्समा उनले भनेकी छन्। उनले उक्त कार्यक्रममार्फत नै ब्राउन विश्वविद्यालय गोलीकाण्डका शंकास्पद व्यक्ति अमेरिका प्रवेश गरेको दाबी गरेकी छन्।

शंकास्पद व्यक्ति ४८ वर्षीय पोर्चुगाली नागरिक हुन्, जो दुई दशकअघि ब्राउन विश्वविद्यालयका विद्यार्थी थिए। पछि उनले यही कार्यक्रमअन्तर्गत ग्रिन कार्ड प्राप्त गरेका थिए। 'यस्ता जघन्य अपराध गर्ने व्यक्ति हाम्रो देशमा कहिल्यै प्रवेश गर्न दिनु हुँदैनथ्यो,' नोएमले भनेकी छन्।

गत साता ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डमा दुई जनाको मृत्यु र ९ जना घाइते भएका थिए। बिहीबार न्यू ह्याम्पशायर राज्यको एक भण्डारण केन्द्रमा शंकास्पद व्यक्ति आत्मघाती चोटका कारण मृत अवस्थामा फेला परेका छन्। घटनाको अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार सोही व्यक्तिले सोमबार बोस्टनमा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)का प्राध्यापक नुनो एफजी लुरेइरोको पनि हत्या गरेको आशंका गरिएको छ। 

डाइभर्सिटी इमिग्रेन्ट भिसा कार्यक्रममार्फत वार्षिक ५० हजारभन्दा बढी आप्रवासीलाई भिसा उपलब्ध गराइन्छ। अमेरिकी विदेश विभागका अनुसार कम आप्रवासन दर भएका मुलुकका नागरिकहरू यसमा आवेदन दिन योग्य हुन्छन्। यो कार्यक्रम अमेरिकी कंग्रेसले स्थापना गरेको हो। कार्यक्रम स्थगनको निर्णयलाई कानुनी चुनौती दिइने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.