आसाममा हात्तीसँग ठोक्किँदा रेल दुर्घटना, केही हात्तीको मृत्यु

आसाममा हात्तीसँग ठोक्किँदा रेल दुर्घटना, केही हात्तीको मृत्यु

काठमाडौं : आसामको होजाई जिल्लामा हात्तीसँग ठोक्किँदा रेल दुर्घटना भएको छ। इन्जिनसहित पाँचवटा डिब्बा  पटरीबाट खसेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनामा आठ हात्ती मारिएका छन् भने एउटा हात्ती घाइते भएको छ। रेलवेले यस घटनामा कुनै पनि यात्रु घाइते नभएको दाबी गरेको छ।

उत्तर पूर्व सीमान्त रेलवे (एनएफआर) का प्रवक्ताले यस घटनामा रेलको इन्जिनसहित पाँचवटा कोच पटरीबाट खसेको बताए। "घटना त्यस्तो क्षेत्रमा भएको हो जुन तोकिएको हात्ती करिडोर होइन,"एनएफआर द्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 
प्रवक्ताका अनुसार नयाँ दिल्ली जाँदै गरेको यो रेल बिहान दुर्घटनामा परेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.