अमेरिकाले गर्‍यो सिरियामा ठूलो सैन्य आक्रमण

अमेरिकाले गर्‍यो सिरियामा ठूलो सैन्य आक्रमण

काठमाडौं : अमेरिकाले आफ्नो सेनाले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध ठूलो सैन्य आक्रमण गरेको बताएको छ। त्यहाँ तैनाथ अमेरिकी सेनामाथि भएको घातक आक्रमणको प्रतिक्रियास्वरूप यो कारबाही गरिएको हो।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले 'अपरेशन हकआई स्ट्राइक' को उद्देश्य आईएस लडाकु, उनीहरूको पूर्वाधार र हतियार डिपोहरू नष्ट गर्नु रहेको बताए।  अमेरिकी अधिकारीहरूले बीबीसीलाई बताएअनुसार मध्य सिरियाका धेरै स्थानलाई लक्षित गरी गरिएका आक्रमणमा लडाकु विमान, आक्रमणकारी हेलिकप्टर र तोपखाना प्रयोग गरिएको थियो।

अमेरिकाले यस आक्रमणमा जोर्डनका विमान पनि संलग्न रहेको बताएको छ। पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आईएसको गढमा 'धेरै बलियो आक्रमण' गरिरहेको बताए।

यो कारबाही डिसेम्बर १३ मा सिरियाली शहर पालमिरामा भएको आईएस आक्रमणपछि भएको हो। यसमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषेको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.