काभ्रेमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

काभ्रेमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

काभ्रे : जिल्लाको कुशादेवीमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारबाट सुरु भएको छ। पनौती नगरपालिका वडा नं २ र ३ को संयुक्त आयोजनामा तेक्वान्दो प्रतियोगिता पुस ४, ५ र ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कुशादेवी माध्यमिक विद्यालयको प्रांगणमा हुने खेलमा जिल्लाको विभिन्न तेक्वान्दो डोजो तथा विद्यालयमा आबद्ध खेलाडीहरूबीच २० विधामा प्रतिस्पर्धा हुने आयोजक कुशादेवी डोजोको प्रमुख केशव थापाले जानकारी दिए।

तेक्वान्दो खेल प्रतियोगितामा जिल्लाका चार सय खेलाडी सहभागी रहेको ८० भन्दा धेरै पदक रहेको थापाले बताए। शनिबार तेक्वान्दोको पुङ्सी, स्पाइरिङ विभिन्न तौल समूहमा गरिएको थियो। तेक्वान्दो प्रतियोगितामा महिलातर्फ २० देखि केजी ५८ केजीसम्म र पुरुष तर्फ २२ केजीदेखि ६० केजीसम्मको तौल समूहमा प्रतिस्पर्धा हुने छ। २० स्वर्ण, २० रजत र ४० कास्य पदक सहित प्रथम ट्रफी, दोस्रो ट्रफी र नगद पुरस्कार रहेको आयोजकले जनाएको छ। 

प्रतिस्पर्धामा सहभागी खेलाडीहरूबाट कुनै पनि दर्ता शुल्क नलाग्ने तथा उनीहरूको खाना र बसोबासको सम्पूर्ण व्यवस्था आयोजकले नै मिलाएको थापाले बताए। प्रतियोगिता सम्पन्न गर्न पुरस्कारबाहेक करिब १० लाख रुपैयाँ खर्च हुने आयोजक पनौती नगरपालिका वडा नं २ को वडाध्यक्ष पुरुषोत्तम अधिकारीले बताए। प्रतियोगितामा जिल्लाभरका खेलाडीहरू सहभागी र तीन दिनसम्म चल्ने प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि अनुशासित बनाउन सहयोग मिल्ने अध्यक्ष अधिकारीले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.