अमेरिकाले नियन्त्रणमा लियो भेनेजुएलाको तेल बोकेको अर्को पानी जहाज

अमेरिकाले नियन्त्रणमा लियो भेनेजुएलाको तेल बोकेको अर्को पानी जहाज

काठमाडौं : अमेरिकाले भेनेजुएलाको तट नजिक अन्तर्राष्ट्रिय समुद्री क्षेत्रबाट अर्को एक तेल बोक्ने जहाज नियन्त्रणमा लिएको छ। अमेरिकी अधिकारीका अनुसार यो कदम ट्रम्प प्रशासनले भेनेजुएला सरकारमाथि दबाब बढाउने अभियानअन्तर्गत उठाइएको हो।

अमेरिकी अधिकारीले जनाएअनुसार शनिबार अमेरिकी तटरक्षक बलले अमेरिकी सेनाको सहयोगमा उक्त जहाज नियन्त्रणमा लिएको हो। यो यसै महिनामा भेनेजुएलासँग सम्बन्धित जहाजमाथि अमेरिकाले गरेको दोस्रो कारबाही हो। यसअघि डिसेम्बर १० मा अमेरिकाले इरानसँग सम्बन्धका कारण प्रतिबन्धमा परेको ‘स्किपर’ नामक ठूलो तेल ट्याङ्कर पनि नियन्त्रणमा लिएको थियो।

यसपटक नियन्त्रणमा लिइएको जहाज अमेरिकी प्रतिबन्ध सूचीमा नरहेको जनाइएको छ। पनामा झन्डा बोकेको उक्त ट्याङ्कर भेनेजुएलाको तेल बोकेर एसियातर्फ जाँदै गरेको थियो। अमेरिकी पक्षका अनुसार जहाजको चालक दलले नियन्त्रण प्रक्रियामा कुनै विरोध जनाएन।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्स एक्समा पोस्ट गर्दै अमेरिकी तटरक्षक बलले रक्षा विभागको सहयोगमा 'पूर्व–प्रभात कारबाही' गर्दै भेनेजुएलामा अन्तिम पटक रोकिएको उक्त जहाज नियन्त्रणमा लिएको बताइन्। उनले प्रतिबन्धित तेलको अवैध ओसारपसारले क्यारिबियन क्षेत्रमा लागुऔषध–आतंकवादलाई आर्थिक सहयोग पुग्ने दाबी गर्दै यस्ता गतिविधिविरुद्ध अमेरिकाको कारबाही जारी रहने चेतावनी दिइन्।

यस घटनाप्रति भेनेजुएलाले कडा प्रतिक्रिया जनाएको छ। भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकी कदमलाई 'समुद्री डकैती' र 'अन्तर्राष्ट्रिय आतंकवाद' को संज्ञा दिँदै इरानले भेनेजुएलाप्रति पूर्ण ऐक्यबद्धता जनाएको बताएका छन्। उनका अनुसार इरानी विदेशमन्त्रीसँग भएको टेलिफोन संवादमा अमेरिकी कारबाहीविरुद्ध सहकार्यका विषयमा छलफल भएको थियो।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पनि विज्ञप्ति जारी गर्दै भेनेजुएलाको तेल बोकेको निजी जहाज 'चोरी र अपहरण' गरिएको आरोप लगाएकी छिन्। उनले यस विषयलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् तथा अन्य अन्तर्राष्ट्रिय निकायमा उठाइने चेतावनी दिएकी छिन्।

विश्लेषकहरूका अनुसार अमेरिकाले हालै भेनेजुएलामाथि आर्थिक र सैन्य दबाब तीव्र बनाएको छ। तेल क्षेत्र भेनेजुएलाको प्रमुख आर्थिक आधार मानिन्छ। विश्वकै सबैभन्दा ठूलो तेल भण्डार रहेको भेनेजुएला अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण उत्पादन क्षमताभन्दा निकै कममा सञ्चालन भइरहेको छ र यसको अधिकांश तेल चीनतर्फ निर्यात हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.