उद्योगले क्रसिङ सुरू गरेपछि नवलपरासीका किसानलाई भ्याईनभ्याई

उद्योगले क्रसिङ सुरू गरेपछि नवलपरासीका किसानलाई भ्याईनभ्याई
तस्बिर : अन्नपूर्ण

परासी : नवलपरासीका दुई चिनी उद्योगले क्रसिङ सुरू गरेका छन् । उखु क्रसिङसँगै किसान यतिबेला उखु काट्न व्यस्त भएका छन् । जिल्लामा तीन चिनी उद्योग छन् । बागमती र लुम्बिनी चिनी उद्योग सञ्चालनमा आएका हुन् । प्रतापपुरस्थित इन्दिरा चिनी उद्योगका सञ्चालक नै सम्पर्कमा छैनन् । उक्त चिनी उद्योग सञ्चालन हुने संभावना देखिएको छैन ।

सुस्ताको कुडियास्थित बागमती चिनी उद्योग मंसिर २२ बाट सञ्चालनमा आएको छ । पुस २ गतेदेखि सञ्चालन हुने भनिएको सुनवलस्थित लुम्बिनी चिनी उद्योग आजबाट सञ्चालनमा आएको प्रबन्धक केशव आचार्यले जानकारी दिए । 

सञ्चालनमा रहेका चिनी उद्योगहरूले किसानबाट खरिद गरेको उखुको रकम केही दिनमै भुक्तानी गर्ने बताउँदै आएका छन् । बागमती चिनी उद्योगका प्रबन्धक टंक काफ्लले किसानलाई दुईदेखि सात दिनभित्र भुक्तानी दिने बताए । ‘गोदममा चिनी छ । बिक्री गर्दै भुक्तानी दिने व्यवस्था मिलाएका छौं,'काफ्लेले भने । 

उक्त उद्योगले मिल गेटसहित जिल्लाका विभिन्न ११ स्थानबाट उखु खरिदको व्यवस्था मिलाएको छ । त्यसैगरी लुम्बिनी चिनी उद्योगका प्रबन्धक केशव आचार्यले किसानबाट खरिद गरेको उखुको भुक्तानी धेरै दिन नरोक्ने बताए । 'अर्ली भेराइटीको उखुको भुक्तानी २/३ दिनमै दिन्छौं अरु उखुको हकमा १२/१५ दिन लाग्न सक्छ,' प्रबन्धक आचार्यले भने । उद्योगले मिल गेटसहित ५/६ स्थानबाट उखु खरिदको व्यवस्था गर्न लागेको उनले जानकारी दिए । 

पुरानो रकमसमेत भुक्तानी नदिएको इन्दिरा चिनी उद्योगका सञ्चालक भने सम्पर्कमा छैनन् । उद्योग सञ्चालनबारे जिज्ञासा राख्दा उद्योगमा कार्यरत लेखा शाखाका नाथु यादवले साहुहरु सम्पर्कमा नरहेकाले आफूले केही बताउन नसक्ने बताए । ‘मालिकहरू सम्पर्कमा छैनन् । चल्ने/नचल्ने थाहा छैन । म पनि घरमा बसेको छु । उद्योगमा सुरक्षा गार्डबाहेक कोही छैन्,'यादवले भने । 

जिल्लामा झन्डै १० हजार किसानले उखु खेती लगाउँदै आएका छन् । जिल्लामा गतवर्ष २३ लाख क्विन्टलभन्दा बढी उखु उत्पादन भएको सरकारी तथ्याङ्कले देखाएको छ । सरकारले गतवर्षको ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने गरी कुल ८ करोड ३६ लाख  ५७ हजार निकासा पठाएको कोष तथा लेखा नियन्त्रक कार्यालय(कोलेनिका) परासीका प्रमुख कोष नियन्त्रक कमल सापकोटाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.