वीरगन्ज महानगरको लालपर्सामा बर्थिङ सेन्टर सञ्चालनमा

वीरगन्ज महानगरको लालपर्सामा बर्थिङ सेन्टर सञ्चालनमा

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित बर्थिङ सेन्टरको समुद्घाटन गरेका हुन्। 

त्यहाँ २४ सै घण्टा प्रसूति सेवा सञ्चालनमा आएको महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जानकारी दिए। बर्थिङ सेन्टर सञ्चालनका लागि तालिमप्राप्त दुई जना थप अनमीसहितका जनशक्तिको व्यवस्थापन गरिएको स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहाले जानकारी दिए।

कुशवाहा अनुसार लननलपर्सा स्वास्थ्य चौकीमै दुई महिनादेखि जनस्वास्थ्य प्रयोगशाला पनि सञ्चालनमा रहेको छ। त्यहाँ ३७ प्रकारका जाँच हुने गरेको कुशवाहाले जानकारी दिए। 

यसअघि वीरगन्ज महानगरपालिका–१८ भवानीपुरको स्वास्थ्य चौकीमा पनि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो। त्यस्तै वीरगन्ज महानगरपालिका–२८ बगही र २१ लिपनीको स्वास्थ्य चौकीमा बर्थिग सेन्टर सञ्चालनमा आइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.