जेनजी आन्दोलनमा काठमाडौंबाट भागेका बाराका दुई कैदी वीरगन्जबाट पक्राउ

जेनजी आन्दोलनमा काठमाडौंबाट भागेका बाराका दुई कैदी वीरगन्जबाट पक्राउ
तस्बिर : अन्नपूर्ण

वीरगन्ज : जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौंको केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बाराका दुईजना कैदीलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका बाराको बिश्रामपुर गाँउपालिका वडा नम्बर ५ घर भएका २५ वर्षीय सुदामा पासवान र अदालतले तोकेको धरौटी रकम तिर्न नसकेपछि बैंकिङ कसूर मुद्दामा कारागार चलान भएका बाराकै परवानीपुर गाँउपालिका वडा नम्बर २ घर भएका ३२ वर्षीय विवेकलाल साह रहेका छन् । 

कारागारबाट भागेपछि लुकिछिपी बस्दै आएको अवस्थामा पासवानलाई वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वबाट मंगलबार राति र साहलाई वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ताबाट मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । 

दुवैजनालाई बुधबार वीरगन्ज कारागारमा लगेर बुझाइएको उनले बताए ।

   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.