सिर्सिया नदीको प्रदूषण ७२ घण्टाभित्र नरोके आन्दोलन थाल्ने जेनजी युवाको चेतावनी

सिर्सिया नदीको प्रदूषण ७२ घण्टाभित्र नरोके आन्दोलन थाल्ने जेनजी युवाको चेतावनी

वीरगन्ज : सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउने अभियान थालेका वीरगन्जका जेनजी पुस्ताका युवाहरूले नदीमा प्रदूषण गरिरहेका उद्योगहरुलाई ७२ घण्टाभित्र कारबाही नगरिए वीरगन्ज उद्योग वाणिज्य संघविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका छन्। 

वीरगन्ज शहरको लाइफलाइनका रूपमा रहेको सिर्सिया नदी पर्सा–बारामा रहेका उद्योगहरुका कारण करिब तीन दशकदेखि प्रदूषित छ। नदीलाई प्रदुषणमुक्त बनाउन वीरगन्ज महानगरपालिका लगायतका संस्थाले विगत एक दशकदेखि विभिन्न प्रयास गरेपनि नदी अझ प्रदुषणमुक्त हुन सकेको छैन।

त्यसैकारण अब आँफै अगाडि सरेका जेनजी पुस्ताका युवाहरुले गत शनिबारदेखि सिर्सिया नदी बचाउ अभियान थालेका हुन्। अभियानको पहिलो दिन गत शनिबार उनीहरूले नदीको फोहोर पानी बोत्तलमा भरेर जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको कार्यालयमा लगेर सिर्सिया नदीको उपहार भन्दै दिएका थिए। 

बुधबार वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलाई ज्ञापनपत्र बुझाउँदै युवाहरुले नदी प्रदूषित गर्ने उद्योगहरूलाई वीरगन्ज उद्योग वाणिज्य संघले ७२ घण्टाभित्र कारबाहीको दायरामा नल्याए आगामी शनिबारदेखि उद्योग वाणिज्य संघकै विरोधमा आन्दोलन थाल्ने चेतावनी दिएका हुन्। 

पर्सा-बारामा औद्योगिक कोरिडोरमा रहेका उद्योगहरूले वर्षौदेखि नदीमा औद्योगिक फोहोर, रासायनिक प्रदूषण, विषाक्त ढल तथा अन्य हानिकारक पदार्थहरू निरन्तर रूपमा विसर्जन गर्दै आएको कारण कारण नदीको पानी पूर्ण रूपमा प्रदूषित भएको सिर्सिया नदी बचाउ अभियानका अगुवा किसु सर्राफले बताए। नदी प्रदुषित हुदाँ नदी आसपासका दर्जनौ मानवबस्तीका स्थानीयको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न गरेको र खेतीयोग्य जमिनको उर्वराशक्तिपनि नष्ट भएको भन्दै उनले नदीमा जलचर जीवहरू पनि लोप हुँदै जाँदा समग्र जैविक विविधता तथा वातावरणीय सन्तुलनमा ठूलो क्षति पुगेको बताए। 

पर्सा-बारामा औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघले ७२ घण्टाभित्रै ती उद्योगहरूलाई कारबाही दायरामा नल्याए आगामी शनिबारदेखि आफूहरू बाध्य भएर सशक्त आन्दोलनमा उत्रने चेतावनी उनले दिए। उद्योगहरूलाई कारबाही नगरिए र नदीको प्रदूषण नरोकिए शनिबारदेखि वीरगन्ज उद्योग वाणिज्य संघको कार्यालय परिसरमा अनिश्चितकालीन धर्ना र विरोध प्रदर्शनका कार्यक्रमहरू थाल्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.