बगरबाट १२० केजी गाँजा बरामद, तस्कर फरार

बगरबाट १२० केजी गाँजा बरामद, तस्कर फरार

वीरगन्ज : पर्साको धुताहा खोलाको बगरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बिन्दवासिनी गाँउपालिका-५ प्रसौनीभाठास्थित धुतहा खोलाको बगरबाट मंगलबारराति सशस्त्र प्रहरीले ८ वटा ठूलो पोकामा रहेको १ सय २० केजी लागू औषध गाँजा बरामद गरेको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बेस क्याम्प प्रसौनिभाठाबाट खटिएको सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्ब १३ गण हेढ।क्वाटर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए।

धुताहा खोलाको बगरमा सशस्त्र प्रहरीको टोली पुग्दा गाँजा बोकेर गइरहेका मान्छेहरु गाँजाको भारी छाडेर फरार भएकाले उनिहरुलाई भने पक्राउ गर्न नसकिएको योञ्जनले बताए। बरामद गाँजा आवश्यक कारबाहीका लागि बुधबार इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको जानकारी उनले दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.