वीरगन्जमा पोखरीको डिलमा फेला परेको बोरामा भेटियो लागुऔषध

वीरगन्जमा पोखरीको डिलमा फेला परेको बोरामा भेटियो लागुऔषध

वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ । इनर्वास्थित पोखरीको डिलमा बेवारिसे अवस्थामा रहेको एउटा बोराभित्र रहेको ११ हजार ६८ पिस नाइट्राभेट ट्याब्लेट सशस्त्र प्रहरीले बिहीबार बिहान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेड क्वाटर वीरगन्जबाट गएको टोलीले इनर्वास्थित पोखरीको डिलमा बेवारिसे भेटिएको प्लाष्टिकको बोरा खोलेर हेर्दा त्यसमा ७ सय ३८ पत्तामा रहको ११ हजार ६८ पिस नाइट्राभेट ट्याब्लेट फेला परेको सशस्त्र प्रहरी वल नेपाल नम्बर-१३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए ।

बरामद नाइट्राभेट ट्याब्लेट भारतबाट तस्करले ल्याउने क्रममा सुरक्षाकर्मीलाई देखेपछि फालेर हिँडेको हुनसक्ने अनुमान सशस्त्र प्रहरीको छ । बरामद उक्त नाइट्राभेट ट्याब्लेट प्रहरी चौकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक योञ्जनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.