मधेश प्रदेशमा उखु खरिदमा सिन्डिकेट

उद्योगीविरुद्ध आन्दोलनमा उत्रने उखु किसानको चेतावनी

उद्योगीविरुद्ध आन्दोलनमा उत्रने उखु किसानको चेतावनी
रौहतटको बाबा बैजुनाथ चिनि उद्योग र  चिनी उद्योगको विरोधमा आन्दोलनमा जाने छलफलमा उखु किसान । तस्बिर : प्रिमेश शिवाकोटी

रौतहट : उखु किसानले मधेश प्रदेशका चिनी उद्योगले उखु खरिदमा सिन्डिकेट लगाएको भन्दै विरोधमा उत्रिने चेतावनी दिएका छन्। रौतहट,बारा,पर्सा र सर्लाहीका चिनी उद्योगहरूले आपसी सहमतिमा आफ्नो जिल्लाभित्रको उखु मात्र खरिद गर्ने निर्णय गरेर कथित रुपमा सिन्डिकेट खडा गरी किसानलाई पीडित बनाउन खोजेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले उखु किसानले भोग्दै आएका जिल्लाबन्दीका कारण किसानहरू ठूलो मारमा परेको बताए । उनले किसानका लागि खुला बजार हुनुपर्ने माग गर्दै एक जिल्लाबाट अर्का जिल्लामा उखु बेच्न नपाउने व्यवस्था सरासर अन्याय भएको बताए । 

'अन्नदाता किसानको पीडा अब बेवास्ता गर्न मिल्दैन,'यादवले भने,'किसानले आफ्नो उत्पादनको मुल्य जहाँ बढी पाउँछन् त्यहाँ त्यहीँ बेच्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ ।' सिन्डिकेटको विषयमा उनले स्पष्ट रूपमा भने,'उखु किसानमाथि लगाइएको जिल्लाबन्दी सरासर अन्याय हो। पसिना बगाएर फलाएको उखु आफूले चाहेको जिल्लामा बेच्न पाउनु किसानको मौलिक अधिकार हो । यो सिन्डिकेट तत्काल खारेज गरिनुपर्छ ।'

सरकारले घोषणा गरेको प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान अब आश्वासनमै सीमित नराखी तत्काल किसानको खातामा जम्मा गर्न माग गर्दै अध्यक्ष यादवले कुनै बहाना नगरी अनुदान रकम तुरुन्त किसानको खातामा हालिनुपर्नेमा जोड दिए । 

यस्तो सेन्डिकेटबाट किसानलाई अन्य जिल्लाका चिनी मिलमा उखु बेच्ने स्वतन्त्रता खोसिएको भन्दै उनीहरूले विरोध प्रदर्शन गर्ने नीति बनाएको नवगठित उखु उत्पादक किसान संघर्ष समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद यादवले बताए । रौतहटमा सञ्चालनमा रहेको एकमात्र चिनीमिल बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले सिन्डिकेटको कुरा निराधार भएको दाबी गरे । 'हामीले किसानलाई कसरी सहज हुन्छ भन्ने मात्रै चाहेका हौं,'उनले भने,'जिल्लामै सञ्चालित मिलमा उखु ढुवानी गर्दा खर्च कम लाग्छ,जसले किसानलाई नै फाइदा हुन्छ ।'

उनले उन्नत जातको उखु बिउमा अनुदान दिइएको उल्लेख गर्दै प्रति कठ्ठा १० हजार रुपैयाँका दरले सहयोग गरिएको बताए । 'समग्रमा किसानलाई सहज र राम्रो कसरी हुन्छ भन्ने हाम्रो उद्देश्य हो,'बाबराले भने,'प्रत्येक जिल्लाका चिनी मिलले आफ्नै जिल्लाका उखु किसानलाई समयमा भुक्तानी गर्नुपर्छ । यसरी गर्दा मिल फाइदामा जान्छ र मिल फाइदामा गयो भने किसानलाई पनि फाइदा हुन्छ ।' यता उखु किसानले भने खुल्ला बजार,जिल्लाबन्दीको अन्त्य र अनुदानको तत्काल भुक्तानी नै आफ्ना मुख्य माग भएको स्पष्ट पारेका छन्।

रौतहटको एक मात्र बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज सञ्चालनमा रहेको छ जसले किसानलाई एकमात्र विकल्पमा सीमित गरेको किसानको गुनासो छ । यसले किसानको व्यापारिक स्वतन्त्रता कुण्ठित भएको र उद्योगीहरूको स्वार्थप्रेरित निर्णय भएको उनीहरूले गम्भीर आरोप लगाउँदै बाबा बैजुनाथ मिललाई उखु बिक्री नगर्ने र काटिएको उखु खेतमै राख्ने निर्णय समेत गरेका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.