संविधानको उज्यालो पक्ष

आरक्षणको उपलब्धि : सत्यनारायण साफी डाक्टर

पूर्ण छात्रवृतिमा नाम निकालेपछि होस्टेल, कापी, कलम र अन्य सामग्रीका लागि चौतर्फी सहयोग जुट्दै

आरक्षणको उपलब्धि : सत्यनारायण साफी डाक्टर

सिरहा : सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका–२ श्रीपुर गाउँका २१ वर्षीय सत्यनारायण साफीले मधेसी दलित आरक्षण कोटामा पुर्ण छात्रवृतिमा एमबीबीएस पढ्न नाम निकाल्न सफल भएका छन्। उनको नाम निकालेदेखि चर्चाको विषय बनेको छ। विपन्न परिवार, मजदूरी गरेर गुजारा गरिरहेका उनको नाम एमबिबीए पढ्न आएदेखि उनको घरमा सहयोग गर्नेहरु पनि पुगिरहेका छन्। 

जनता माध्यमिक विद्यालय (प्राविधिक धार) बरियारपट्टीबाट २०७७ सालमा एसइई परीक्षा उत्तीर्ण गरेका उनले अरनिको उच्च मावि विराटनगरबाट २०७९ सालमा विज्ञान विषय लिएर कक्षा ११–१२ उत्तीर्ण गरे। त्यसपछि एमबीबीएस प्रवेश परीक्षा तयारी कक्षाका लागि काठमाडौं पुगेका थिए। भाइब्रेन्ट कोचिङ सेन्टरमा उनले नाम पनि लेखाए तर डेढ महिनामै उनी भाइब्रेन्ट मात्र होइन, काठमाडौं नै छाडेर घर फर्केका थिए। उनी घर फर्केपछि रोजगारमा कतार रहेका उनका बुवा मधुरी साफी पनि बेरोजगार भएर घर आइसकेका थिए। त्यसपछि जीवनयापन र पढाई पूरा गर्न अप्ठयारो भएको थियो। nullसाफीले मजदुरी गर्दै पढाइ अघि बढाए। गाउँघरमै मदजुरीको काम गरे। दिनभर मजदुरी गर्थे र रातभर पढाइ। मजदुरीबाट भएको कमाइबाट घर खर्च कटाएर बचेको रकमबाट एमबीबीएस प्रवेश परीक्षा तयारीका लागि किताब किन्थे। त्यसैबाट जोगाएको रकमबाट काठमाडौं पुगेर उनले एमबीबीएस प्रवेशिका परीक्षा दिएका थिए। पहिलो प्रयासमै उनी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए। आफुलाई जसरी पनि एमबीबीएस पढेर डाक्टर बन्ने सपना रहेको साफीको भनाई छ। 

आरक्षणको उपलब्धि

नेपालमा पहिलो मधेस आन्दोलनपछि अन्तरिम संविधान २०६३ मा आरक्षणको प्रावधान ल्यायो। त्यसअनुरूप महिला, आदिवासी जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र र अपांगता भएका व्यक्तिका लागि भन्दै ६ वटा क्लस्टर छुट्याएर आरक्षण लागू गरिएको थियो।

नेपालको संविधान २०७२ को धारा १८ समानताको हक अन्तर्गत राज्यले जात, वर्ण, लिङ्ग, धर्म आदिको आधारमा भेदभाव गर्न पाउँदैन उल्लेख गरेका छन्। तर, दलित, महिला, आदिवासी/जनजाति, मधेसी, पिछडिएको वर्ग जस्ता पछाडि पारिएका समुदायका लागि सकारात्मक विभेद (आरक्षण) गर्न सक्ने व्यवस्था छ। null

त्यही आरक्षणको व्यवस्थाले सीमान्तका लागि अवसरको ढोका खोलिदिएको छ। जसका कारण साफी जस्ता कैयन् सीमान्तकृत समुदायका अब्बल विद्यार्थीले डाक्टर बन्ने सपना पूरा गर्न सकिरहेका छन्। उनीहरूलाई पछ्याउँदै थुप्रै सीमान्तकृत युवा युवती राज्यमा पहुँचका लागि हौसिएका छन्। 

पहिलो मधेस आन्दोलन २०६३–६४ को बलमा नेपालको संविधान २०७२ मा आरक्षण व्यवस्था राखिँदा गरिब दलितका छोराछोरीलाई पनि डाक्टर पढ्ने अवसर मिलेको हो। यो संविधानको उज्यालो पक्ष हो।

चौतर्फी सहयोग

डाक्टर पढ्न नाम निकालेपछि साफीलाई रुटिन अफ नेपालका तर्फबाट १ लाख सहयोग गर्ने सञ्चालक भिक्टर पौडेल घोषणा गरेका थिए। त्यसपछि आशिका फाउण्डेशनको तर्फबाट आशिका तामाङले घरमै पुगेर १ लाख सहयोग गरेका छन्। यससँगै हेल्पिङ्ग हर्ट भन्ने संस्थाले ५० हजार, कांग्रेसका स्थानीय युवा नेता रामकिशोर यादवले २५ हजार, गाउँपालिकाका उपाध्यक्ष ममता यादवले १० हजार र कांग्रेसकै नेता उपेन्द्र यादवले ५ हजार घरमै पुगेर हस्तान्तरण गरेका छन्। 

गाउँपालिकाका अध्यक्ष सन्तोष महतो पढ्न लाग्ने खर्चमा गाउँपालिकाबाट अध्ययन नसकेपछि सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्। नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले घरमै पुगेर आफूले आर्थिक सहयोग र जुटाउन मद्दत गर्ने प्रतिबद्धता जनाएका छन्। अभियानीहरुले साफीको क्यूआरमार्फत थप सहयोग जुटाइरहेको छ। null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.