प्रतिनिधिसभा निर्वाचन

सिन्धुपाल्चोकमा ३ सय ३८ मतदान केन्द्र, २ लाख ७४ हजार ९ सय ९८ मतदाता

सिन्धुपाल्चोकमा ३ सय ३८ मतदान केन्द्र, २ लाख ७४ हजार ९ सय ९८ मतदाता
तस्बिर : अन्नपूर्ण

सिन्धुपाल्चोक : आगामी प्रतिनिधिसभा निर्वाचनको लागि सिन्धुपाल्चोकमा ३ सय ३८ मतदान केन्द्र कायम गरिएको छ। यहाँ २ लाख ७४ हजार ९ सय ९८ मतदाता रहेका छन्। जिल्लाभर १२ स्थानीय तहका १ सय ३ वडामा १ सय ४६ मतदान स्थलमार्फत ३ सय ३८ मतदान केन्द्रबाट मतदान गर्न पाउने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका निर्वाचन अधिकारी राजेन्द्रप्रसाद प्याकुरेलले बताए । 

मतदाता विवरणअनुसार जिल्लामा महिला मतदाता १ लाख ३१ हजार ६ सय ९६ र पुरुष मतदाता १ लाख ४३ हजार ३ सय २ रहेका छन् । समग्रमा पुरुष मतदाता संख्या महिलाभन्दा ११ हजार ६ सय ६ ले बढी देखिएको छ ।

सिन्धुपाल्चोक दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विभाजित छ । प्रतिनिधि सभा क्षेत्र नं १ अन्तर्गत त्रिपुरासुन्दरी,भोटेकोशी, लिसंखुपाखर, बाह्रबिसे, जुगल, बलेफी र सुनकोशी गाउँपालिका साथै चौतारा साँगाचोकगढी नगरपालिकाका २, ३, ४, ९ र १० नं. वडा पर्दछन् । यस क्षेत्रमा ८३ मतदान स्थल र १ सय ७२ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं १ मा महिला मतदाता ६५ हजार ७ सय २३ र पुरुष मतदाता ७१ हजार २ सय ६२ गरी कुल १ लाख ३६ हजार ९ सय ८५ मतदाता रहेका छन् ।

यस्तै, प्रतिनिधि सभा क्षेत्र नं २ मा चौतारा साँगाचोकगढी नगरपालिकाका १, ५, ६, ७, ८, ११, १२, १३ र १४ नं. वडा, मेलम्ची नगरपालिका, इन्द्रावती, पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिका समेटिएका छन् । यस क्षेत्रमा ६३ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं २ मा महिला मतदाता ६५ हजार ९ सय ७३ र पुरुष मतदाता ७२ हजार ४० गरी कुल मतदाता संख्या १ लाख ३८ हजार १३ पुगेको छ ।

दुबै क्षेत्रको तुलनामा प्रतिनिधि सभा क्षेत्र नं २ मा क्षेत्र नं १ भन्दा १ हजार २८ मतदाता बढी रहेका छन् । स्थानीय तह, मतदान केन्द्र र मतदाता संख्याको वितरण आगामी निर्वाचन व्यवस्थापन, सुरक्षा समन्वय र मतदाता सहभागिता बढाउने तयारीका लागि महत्वपूर्ण आधारका रूपमा हेरिएको निर्वाचन अधिकारी प्याकुरेलले बताए ।

जिल्लामा मतदान स्थल व्यवस्थापन, मतदाता पहुँच, ज्येष्ठ नागरिक तथा अपांगता भएका मतदातालाई सहजीकरण गर्ने विषयलाई समेत ध्यानमा राखेर तयारी अघि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.