रौतहटमा ग्यास बुलेट दुर्घटना : २४ घण्टापछि खुल्यो पूर्व–पश्चिम महेन्द्र राजमार्ग

रौतहटमा ग्यास बुलेट दुर्घटना : २४ घण्टापछि खुल्यो पूर्व–पश्चिम महेन्द्र राजमार्ग

रौतहट :  रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड ग्यास बोकेको बुलेट ट्याङ्कर पल्टिँदा अवरुद्ध बनेको पूर्व–पश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि खुलेको छ।

मंगलबार करिब पौने ८ बजे बिहान दुर्घटनाग्रस्त भएको ट्याङ्कर बुधबार बिहान ८ बजे हटाइएपछि राजमार्ग खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। निरन्तर ग्यास लिक भइरहेको ट्याङ्कर प्राविधिक टोली परिचालन गरी लिक नियन्त्रणको प्रयास गरेर ६ वटा क्रेन प्रयोग गरी ट्याङ्कर हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले जानकारी दिए । 

२१ टन क्षमताको ग्यास बुलेट ट्याङ्कर समयमै हटाउन हम्मेहम्मे परेपछि यात्रुहरुको बिचल्ली भएको  थियो । 

प्रहरीका अनुसार भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको यूपी–१७ एपी–२११४ नम्बरको ग्यास बुलेट ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा ट्याङ्कर चालक भारतको मधुवनी जिल्ला जयनगर निवासी ३७ वर्षीय पवन यादव घाइते भएका थिए। घाइते चालकको अवस्था सामान्य रहेको र सिभिल अस्पताल चन्द्रनिगाहपुरमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.