अन्योलता हट्यो, देश अब निर्वाचनतिर होमियो : प्रचण्ड

अन्योलता हट्यो, देश अब निर्वाचनतिर होमियो : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा अन्योलता हटेको दाबी गरेका छन्। उद्योग वाणिज्य संघले आयोजना गरेको संबाद कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले देश अब निर्वाचन तयारीतिर गएको बताए।

'अहिले देश अन्योलमा छैन भनेर हामी सबैलाई लागेको छ। सरकारलाई धेरै अप्ठ्यारो भएको मलाई थाहा छ। तर, जसरी तपाईंहरूले निर्वाचन नै हो भनेर वातावरण बनाउनुभयो। तपाईंहरू धन्यवादको पात्र हुनुहुन्छ। देश अब निर्वाचनको तयारीतिर गएको छ,' उनले भने।

उनले संविधानको सबालमा समीक्षा गर्नुपर्ने बेला आएको बताए। जेनजी आन्दोलनपछि त झनै यसको आवश्यकता आइसकेको उनको भनाइ छ। 'संविधान बनेकै बेला पनि हामीले दस वर्षपछि समीक्षा गर्नुपर्छ भनेका थियौं। जेनजी आन्दोलनपछि त्यसले हामी सबैको आँखा खोलेको हुनुपर्छ। निर्वाचनपछि आउने संसदले यस विषयमा पनि सोच्न जरुरी छ,' उनले भने। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.