नवलपरासीको कजरिया टायल्स उद्योगमा दुई मजदुरको मृत्यु

नवलपरासीको कजरिया टायल्स उद्योगमा दुई मजदुरको मृत्यु
तस्बिर : अन्नपूर्ण

परासी : नवलपरासीको बर्दघाट नगरपालिका–१२ भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई मजदुरको मृत्यु भएको छ । गएराति उद्योगमा काम गरेर कोठामा सुतेका एक भारतीय र नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला ६६ ग्राम पोष्ट बस्ने ३० वर्षीय विनोदकुमार रहेका छन् । 

उनीहरूको मृत्युको कारण भने खुलेको छैन। उनीहरू उद्योगको ग्यासी फायरको पोकिङ् फ्लोरमा एकै ठाउँमा सुतेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । उद्योगले मृत अवस्थाका बारेमा जानकारी गराएपछि घटनास्थलमा प्रहरी पुगेको श्रेष्ठले बताए ।  यता घटनाबारे उद्योगका जनसम्पर्क वरिष्ठ प्रबन्धक रमेश न्यौपानेले ग्यास लिग नभइ कोठामा सुतेको अवस्थामा अक्सिजनको कमि भएर मृत्यु भएको हुनसक्ने बताए । ‘हिजो न्यू इयर मनाएका होलान् । कोठामा गएर सुतेपछि अक्सिजन कम भएर मृत्यु भएको हुनसक्छ, 'प्रबन्धक न्यौपानेले भने । 

शव उठाउन दिइएन

घटनाको वास्तविकताका लागि दुबैजनाको शव प्रादेशीक अस्पताल बुटवल पठाइने तयारी भएपनि आक्रोशित स्थानीयले अवरोध गरेका कारण पठाउन नसकिएको प्रहरीले जनाएको छ। आक्रोशित आफन्त र स्थानीयले उद्योगको लापरबाहीले घटना घटेको भन्दै दोषिलाई कारबाहीको माग  गर्दै उद्योग घेराउ गरेका हुन् । 

वास्तविकता पत्ता लगाउन पोष्टमार्टमको जरुरी भएकाले पहिला शव लैजान दिए छिट्टै सत्य तथ्य बाहिर आउने प्रहरीले जनाएको छ । ‘परासी जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि विशेषज्ञ चिकित्सक नभएकाले फरेन्सिक जाँच गर्न प्रादेशीक अस्पताल बुटवल पठाउने तयारी गरेपनि अहिलेसम्म पठाउन सकिएको छैन । रिपोर्ट आएपछि मृत्युको वास्ताविक कारण खुल्छ । पहिला पोष्टमार्टमका लागि वातावरण बनाइदिन पर्‍यो,'एसपी श्रेष्ठले भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.