कांग्रेस महाधिवेशन वैशाख २८-३१ मा गर्ने प्रस्ताव पारित, केन्द्रीय समितिको म्याद पनि थपियो

कांग्रेस महाधिवेशन वैशाख २८-३१ मा गर्ने प्रस्ताव पारित, केन्द्रीय समितिको म्याद पनि थपियो
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकले वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि पुस मसान्तमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको थियो।

पार्टी प्रवक्ता रामशरण महतले वैशाख अन्तिम साता महाधिवेशन गर्ने नयाँ कार्यतालिका सार्वजनिक गरिएको बताए। उनका अनुसार माघ ७ गतेभित्र क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली पठाउनुपर्ने, माघ १५ गतेभित्र केन्द्रले त्यसलाई स्वीकृत गर्नुपर्ने छ।


त्यस्तै चैत २१ गते गाउँ र नगर वडा अधिवेशन, चैत २५ गते गाउँ र नगरपालिका अधिवेशन, चैत २८ गते क्षेत्रीय अधिवेशन, वैशाख २ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन गर्ने, दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला वैशाख ५ गते अधिवेशन गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै प्रदेश अधिवेशन भने वैशाख १०, ११ र १२ गते गरिन प्रवक्ता महतले बताए।

त्यस्तै उनका अनुसार बैठकले केन्द्रीय कार्यसमितिको पदावधि जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। 'पुसमा गर्ने भनिएको महाधिवेशनको कार्यतालिकाअनुसार काम हुन सकेन। क्रियाशील सदस्य टुंगो नलागेकाले पुसमा गर्ने भनिएको महाधिवेशन केन्द्रीय कार्यसम्पादन समितिले वैशाख अन्तिममा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ,' उनले भने। उनका अनुसार केही नेताहरूले फरक मत दर्ज गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.