नाकाबाट २ लाख ४० हजारको मोटरपार्ट्स बरामद
कपिलवस्तु : अवैध ढंगबाट भन्सार छलेर ल्याइएका २ लाख ४० हजार रुपैयाँ बराबरको मालसामान प्रहरीले कृष्णनगरबाट बरामद गरेको छ।
भारतको बढनी बजारबाट अवैध ढंगबाट लुकी छिपी भन्सार छलेर ओसारपसार गरिएका यी सामानहरू कृष्णनगरस्थित बसपार्कबाट बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो। बरामद गरिएका सामाग्रीहरू सबै मोटरपार्टस् रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै मोटर पार्ट्सहरु कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।
प्रतिक्रिया दिनुहोस !