गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
रौतहट : रौतहटमा विधुतीय गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बौधिमाई नगरपालिका -१ भुवाली चौकस्थित पिपरीयाबाटअजगैबि जाने भित्री सडक खण्डमा बा.प्र. ०३-००१ ज ७६६ नम्बरको विधुतीय गाडीले मोटरसाइकललाई ठक्कर चालक बौधीमाई- २ ईनर्वा बस्ने २३ वर्षीय दिपेन्द्र बैठा गम्भीर घाइते भएका थिए।
उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । प्रहरीले गाडी चालक २५ वर्षीय उपेन्द्र साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
३