तस्करका अनेक तरिका : ध्यू देखाएर चरेस बिक्री, दुईजना प्रहरीको फन्दा

तस्करका अनेक तरिका : ध्यू देखाएर चरेस बिक्री, दुईजना प्रहरीको फन्दा
तस्बिर : अन्नपूर्ण

वीरगन्ज  :  ध्यूको ग्यालेनभित्र चरेस लुकाएर भारत तस्करी गर्ने दुईजना पर्सामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मुर्ली घर भएका २० वर्षीय रैयस अली र पोखरिया नगरपालिका वडा नम्बर.८ जगतपुर घर भएका ५५ वर्षीय  मुनिलाल पटेल रहेका छन् ।

पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ गर्दौल चोकभन्दा पूर्व पोखरिया जाने सडकबाट ती दुवैजनालाई प्रहरीले लागूऔषध चरेस २२ केजीसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा बिहीबार बिहान इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले गर्दौ चोकको सडकमा २ वटा कालो झोला बोकेर जाँदै गरेका अली र पटे्ललाई रोकेर चेकजाँच गरेको थियो । 

त्यसक्रममा ती दुवै जनाले बोकेको कालो झोला भित्र राखिएको पानी खाने १० लिटरको ग्यालनको बिर्को खोलेर हेर्दा उक्त ग्यालनको मुखमा ध्यू रहेको र ध्यूमुनि चरेस लुकाएर राखिएको अवस्थामा भेटिएको थियो । 

अलीले बोकेको ग्यालेनबाट १० किलो ६०० ग्राम र पटेलले बोकेको ग्यालेनबाट ११ किलो ४०० ग्राम चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।  चरेससहित नियन्त्रणमा लिइएका अली र पटेललाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कार्कीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.