अमेरिका र भेनेजुएलाबीचको तनावप्रति नेपालको प्रतिक्रिया, निकोलस मादुरो पक्राउबारे बोल्न परराष्ट्रको आनाकानी

अमेरिका र भेनेजुएलाबीचको तनावप्रति नेपालको प्रतिक्रिया, निकोलस मादुरो पक्राउबारे बोल्न परराष्ट्रको आनाकानी

काठमाडौं : नेपाल सरकारले भेनेजुएलामा विकसित पछिल्ला घटनाक्रमप्रति चासो व्यक्त गरेको छ। सरकारले उक्त अवस्थालाई नजिकबाट अवलोकन गरिरहेको र सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएको छ। 

अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिइ मुद्दा चलाएको घटनापछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर चासो व्यक्त गरेको हो। यद्दपि, उक्त विज्ञप्तिमा अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएकोबारे उल्लेख गरेको छैन। विज्ञप्तिमा अमेरिकाको नामसमेत उल्लेख छैन। परराष्ट्र मन्त्रालयले आफू सेफ साइडमा रहेर विज्ञप्ति निकालेको छ। अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गरेको घटना विश्वले थाहा पाए पनि परराष्ट्रले आफ्नो विज्ञप्तिमा उल्लेख गर्न आनाकानी गरेको छ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै सरोकारवाला सबै पक्षलाई अधिकतम संयम अपनाउन तथा परिस्थितिलाई थप तनावपूर्ण बनाउन सक्ने कुनै पनि कदम चाल्नबाट टाढा रहन आग्रह गरेको छ।

मन्त्रालयले संयुक्त राष्ट्रसंघको विधानमा उल्लेख गरिएका सिद्धान्तहरू, सार्वभौमिकता,भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रता को पूर्ण सम्मान गर्न आवश्यक रहेको नेपालले जनाएको छ।

नेपालले भेनेजुएलासम्बन्धी विवाद तथा मतभेदलाई संवाद,कूटनीति र पारस्परिक समझदारीमार्फत शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्नेमा पनि जोड दिएको छ। परराष्ट्र मन्त्रालयले क्षेत्रीय शान्ति र स्थिरता सबैको साझा दायित्व रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आह्वान गरेको छ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.