विशेष महाधिवेशनमा सहभागी नबन्न प्रतिनिधिहरूलाई कांग्रेस कार्यसम्पादन बैठकको अपील

विशेष महाधिवेशनमा सहभागी नबन्न प्रतिनिधिहरूलाई कांग्रेस कार्यसम्पादन बैठकको अपील
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको हो। हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णयप्रति महामन्त्री गगन थापाले असहमति जनाउँदै फरक मत राखेका थिए।

हस्ताक्षर फिर्ता लिन अनुरोध गर्दा पार्टीका कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले राखेको प्रस्तावमा आफूहरूको असहमति रहेको थापाले बताए। आसन्न प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक रहेको उनले बताए।

उनले विधान अनुसार महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको अधिकार भएकाले यसलाई कसैले रोक्न नसक्ने स्पष्ट पारेका थिए। विधानको पालनाको गर्दा पार्टी विभाजनको हौवा पिटिएको भन्दै उनले आफूहरू कसैले पनि पार्टी विभाजन हुन नदिने उल्लेख गरे।

बैठकपछि कांग्रेस नेता एनपी साउदले कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिए। पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था नरहेकाले देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको उनले बताए।

बैठकले विशेष महाधिवेशन भन्ने भेला रोक्नका लागि अपील गर्ने निर्णय गरेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.