विशेष महाधिवेशनमा सहभागी हुन कांग्रेस अर्घाखाँचीको अपील
अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँचीले ‘विशेष महाधिवेशनको पक्षमा उभिन जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेको छ।
जिल्ला सभापति केशव श्रेष्ठ, सचिवद्वय कृष्णप्रसाद खनाल र अच्युत गौतमको संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गरेरै महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी हुन अपील गरेको छ। नेपाली कांग्रेसका सबै तहका पदाधिकारी एवं सदस्यहरूलाई विशेष महाधिवेशनमा होमिन आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि नै यहाँका ९२ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !