कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
पुष २८, २०८२ सोमबार १९:२५:२५
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूको सहभागिता रहने बताइएको छ।