जेनजी आन्दोलनमा सहादत पाएका आफन्तलाई राहत सहयोग
गोरखा : गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी विद्रोहका क्रममा सहिद भएका रमेश पराजुलीको परिवारलाई पालुङटार नगरपालिकाले राहत सहयोग प्रदान गरेको छ।
पालुङटार नगरपालिका- ३ डुम्रीडाँडाका ३९ वर्षका रमेश पराजुलीको परिवारलाई नगरपालिकाले मंगलबार एक लाख रुपैयाँ नगद सहयोग गरेको हो।
पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले मंगलबार एक कार्यक्रम आयोजना गरी सहिदकी आमा कृष्णमाया पराजुलीलाई सो राहत रकम हस्तान्तरण गरेका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए।
नगरपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरेर पालिकाको आन्तरिक स्रोतबाट सो राहत रकम प्रदान गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !