लखेटिएको कुकुर पुग्यो अमेरिका

चितवनको सडकमा भौंतारिएको कुकुर अमेरिका पुग्यो

लखेटिएको कुकुर पुग्यो अमेरिका
सुन्नुहोस्

चितवन : भरतपुरको चौबिसकोठीस्थित होटल ग्लोबलमा एक दिन सडकमा भौंतारिरहेको एउटा कुकुर आयो। उक्त कुकुर होटलमा आएका विदेशी पर्यटकका छेवैमा पुगेको मात्रै के थियो, त्यहाँको चौकीदारले पिटेर लखेट्न खोजे। तर, कुकुर लखेटिने मात्रै होइन, चौकीदारको त्यही कदमले कुकुरको जीवन नै बदलिदियो। कुकुरलाई गरिएको उक्त प्रहारले कुकुरप्रतिको माया प्रगाढ मात्रै बनाएन, कुकुर अमेरिका पुग्यो। त्यो पनि नेपाली पासपोर्ट बोकेर। 

घटना गत जुनको हो। भरतपुरको होटल ग्लोबलमा भांैतारिँदै खानेकुरा खोज्न हिँडेको कुकुरको जीवन नै फेरिएको छ। अमेरिकी नागरिक ५० वर्षकी चन्दा रेने ग्रेगर र उनकी छोरी १६ वर्षकी म्याडिसन त्यतिबेला चितवन आएका थिए। होटलमा कुकुर नजिक आउने क्रममा चौकीदारले पिटेर लखेट्दा उक्त कुकुरप्रति उनीहरूको माया पलायो।

चौकीदारले विदेशी पर्यटकलाई केही गर्छ कि भनेर कुकुर लखेटेका थिए। कुकुर भागेपछि उनीहरूले खोज्न पठाए। कुकुरलाई भेटेपछि उनीहरूले सुमसुम्याउन थाले। कुकुर उनीहरूको मायाले लट्ठ पर्न थाल्यो। त्यही मायाले कुकुरलाई अमेरिका तानेको हो।

कुकुरसँग पर्यटक खेल्न मात्रै लागेनन्, उसलाई अमेरिका लैजाने सोचमा उनीहरू पुगे। प्रक्रिया बुझ्न लगाएर आफ्नैमा लैजाने निधो गरे। दुई हप्ता बसाइमा फर्किने बेलामा मासिक २० हजार दिएर कुकुरको रेखदेख एउटाको जिम्मामा छोडे। उच्च रेखदेखको जिम्मा लगाएर उनीहरू गएका थिए। प्रक्रिया मिलाउन र उच्च सतर्कता तथा रेखदेख गर्न उनीहरूले आग्रह गरे। चिकित्सकको निगरानीमा राख्दै नियमित स्वास्थ्य परीक्षण गर्दै कुकुरलाई राखिएको थियो। ‘चिकित्सकको रेखदेखमा भ्याक्सिन दिइएको थियो। नेपाल सरकारको ‘फिट टु फ्लाइट’को अनुमति लिइएको थियो।

त्यसपछि ‘पेट पासपोर्ट’ बनाएर कतार एयरलाइन्सबाट आइतबार कुकुर अमेरिकाको क्लोरोराडोमा पुगेको हो। भरतपुरको गल्लीमा हिँड्ने कुकुर विदेशी पर्यटकको मायाले अमेरिका पुगेको छ। सबै प्रक्रिया पूरा गर्न झन्डै १० हजार अमेरिकी डलर खर्च भएको छ। कुकुर राख्न उच्च स्तरको बाकससहित कुकुर पठाइएको हो। चितवनबाट गाडी रिर्जभ गरेर लगिएको थियो। 

अमेरिका लगेपछि दुई दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेर मात्रै बाहिर हिँडाइएको बुझिएको छ। कुकुरको नामकरण गरेर ‘बलि’ राखिएको छ। ‘जनावरप्रतिको माया देखियो’ चितवन मानवसेवा आ श्रमका उपाध्यक्ष विनोद ढकाले भने, ‘उनीहरू गएदेखि नै निरन्तर सम्पर्कमा बसेर कुकुरको बारेमा चासो र चिन्ता गरे। सबै प्रक्रिया पूरा गरेर उनीहरूले सडकमा बेवारिसे जस्तै बनेको कुकुर लगेरै छाडे। जनावरको मायाले तानेको हो।’ 

ती पर्यटकले माया गरेको देखेर कुकुर बिहान–बुलुकी नै आउन थालेको बताउँदै ग्लोबल होटलका प्रबन्ध निर्देशक युवराज न्यौपानेले भने , ‘उनीहरूको माया यसरी प्रगाढ बन्यो कि अमेरिका लाने निर्णयमा पुग्दा हामी नै दंग पर्‍यौं।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.