करोडौं लगानीका पूर्वाधार, आवतजावत गर्नै छैन पुल

करोडौं लगानीका पूर्वाधार, आवतजावत गर्नै छैन पुल

झापा : झापाको हल्दिबारी गाउँपालिका–२ स्थित भेलागुढी सिमसार तथा सहिद स्मारक पार्क (पर्यटकीय स्थल)को मुख्य प्रवेशद्वारमा पक्की पुल बनाउन स्थानीय बासिन्दा जुरमुराएका छन्।

हल्दिबारी, भद्रपुर र बिर्तामोड गरी तीनवटा पालिकाको संगमस्थलमा रहेको भेलागुढी सिमसार क्षेत्रमा वनभोज तथा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेसँगै मुख्य प्रवेशद्वारको हर्चना खोलामा पक्की पुल बनाउन स्थानीय बासिन्दा जुर्मुराएका हुन्।

बिर्तामोडतर्फबाट सिमसार भएर बगेर आउने हर्चना खोला हल्दिबारीमा पर्छ। त्यही खोलाको बाटो भएर भेलागुढी सिमसार पुग्नुपर्छ। बर्खाको तीन महिना खोलामा पानी सतह बढ्दा आवागमन नै ठप्प हुन्छ। हिउँदमा त्यही खोलामा ह्युमपाइप राखेर अस्थायी रूपमा आउजाउ गर्ने बाटो बनाउनुपर्ने बाध्यता रहेको भेलागुढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुण्यप्रसाद लम्सालले बताए।

‘राज्यको करोडौं लगानीमा हल्दिबारी गाउँपालिकाले भेलागुढी सिमसार क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रको रूपमा विकास त ग¥यो तर त्यो गन्तव्यसम्म पुग्ने खोलामा पुल नै छैन,’ अध्यक्ष लम्सालले भने।

हर्चना खोलामा पक्की पुल अति आवश्यक रहेको भन्दै त्यहाँका सरोकारवाला पक्षहरू एकीकृत भई बृहत् छलफल गरी पुल निर्माण उपभोक्ता समिति गठन गरिसकेको छ। भेलागुढी सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष नारायणप्रसाद लुइँटेलको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको हो। समितिको उपाध्यक्ष तुलसी पोखरेल, सचिवमा नरेन्द्रकुमार फागो र कोषाध्यक्षमा दीपा ढुंगेल रहेका छन्।

गठित पुल निर्माण उपभोक्ता समितिले पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न हल्दिबारी, भद्रपुर र बिर्तामोड गरी तीनवटै पालिकासँग समन्वय गर्ने निर्णय गरेको समितिका सदस्य कुमार कार्कीले बताए। हर्चना खोलामा पुल बनाउन यहाँका स्थानीय जुरमुराई सकेको बताउँदै सदस्य कार्कीले भने, ‘यहाँका पालिकाहरूले पुल निर्माणमा चासो नदेखाएको खण्डमा स्थानीय बासिन्दाहरू आफैं सहयोग जुटाएर भए पनि पुल बनाएर छाड्ने छन्।’

खोलामा पुल नहुँदा बर्सेनि ह्युमपाइप राखेर बाटो बनाउँदा वन समूहले खर्च गर्नुपर्ने बाध्यताको सधैंका लागि अन्त्य हुनुपर्ने वन समूहका सचिव खगेन राजवंशीले बताए। ‘ह्युमपाइप पनि वर्षमा दुई/तीन पटकसम्म मर्मत गर्नुपर्ने हुन्छ,’ उनले थपे।

९६ हेक्टरमा फैलिएको यस सिमसार क्षेत्रमा हल्दिबारी गाउँपालिकाले गौरवको आयोजना बनाएर काम गर्दा पनि मुख्य प्रवेशद्वारमै पुल नभएको पुल निर्माण उपभोक्ता समिति अध्यक्ष नारायणप्रसाद लुइँटेलले बताए। म अध्यक्ष हुँदा यस सिमसारलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्छ भन्दै २०६४ सालमा भूमिसुधार कार्यालयबाट एक लाख बजेट ल्याएर काम सुरु गरेको बताउँदै उनले भने, ‘त्यसपछि बजेट अभावले काम अघि बढ्न सकेन, राज्य पुनर्संरचनापश्चात् पालिकाले २०७६ सालदेखि गुरुयोजना बनाएर काम अघि बढायो।’null

संघीय सरकारको पर्यटन मन्त्रालयको पर्यटन प्रवद्र्धन साझेदारी कार्यक्रमअन्तर्गत सुरुमा १ करोड ३० लाख रुपैयाँ निकासा भएको थियो। त्यस्तै, प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो। पालिकाले पनि आफ्नो बजेट यसमा लगाएको छ। कुल ८ करोड ३९ लाखको इस्टिमेट गरिएको सो आयोजनाअन्तर्गत तीन करोडमा सामुदायिक संग्रहालय बनाउने, झोडी सफा गर्ने, तारबेरा गर्ने, बाटो विस्तारको काम, देउनियाँ खोलामा तटबन्ध, काठेपुल, पोखरीको तटबन्ध, पोखरीको वरिपरि रिङरोड, सामुदायिक भवन, शौचालय बनाउने काम गरिएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा संघीय मन्त्रालयको ८० प्रतिशत र पालिकाको २० प्रतिशत साझेदारमा ५ करोड बजे विनियोजन गरी काम सुरु गर्न खोजिए पनि ठेक्का पाएका सीएमआर एन्ड सी नयायुग जेभी काठमाडौंले काम नगरी त्यतिकै छाडिएको छ। सो कम्पनीले जिपलाइन, शौचालय, तटबन्ध, पोखरीमा पानीको फोहोरा लगायतको काम गर्नुपर्ने थियो। त्यो काम पनि अधुरै रहेको अध्यक्ष लुइँटेलले बताए। राज्यको करोडौं लगानी भइसकेको यस सिमसार छिर्ने खोलामा पक्की पुल आवश्यक रहेको अब पुल बनाउन हामी लागि परेको उनको भनाइ छ।

हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं र भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले हर्चना खोलामा पुल बनाउन आवश्यक सरसहयोग गर्ने प्रतिबद्धता जनाइसकेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.