अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
अर्घाखाँची : फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला न्यायाधीश शिवलाल पाण्डे रहेका छन्। उनले शान्ति पूर्वक वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए। उनले केन्द्रीय निर्वाचन तालिका अनुसार आफूहरू अगाडि बढेको जानकारी दिए।
अर्घाखाँचीमा कुल १ लाख ७१ हजार ६ सय ५२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख बुद्ध प्रकाश पौडेलले बताए। जसमा पुरुष ८७ हजार १ सय ५७ जना र महिला ८४ हजार ४ सय ९५ जना रहेका छन्। अर्घाखाँचीमा १ सय २ मतदान स्थल र २ सय ९ मतदान केन्द्र रहेका छन्।
प्रतिक्रिया दिनुहोस !