समयमा काम सक्ने कन्स्ट्रक्सनका सञ्चालक सम्मानित

समयमा काम सक्ने कन्स्ट्रक्सनका सञ्चालक सम्मानित
सुन्नुहोस्

चितवन : आयोजना निर्माणमा ढिलाइ गरिँदा देशभर निर्माण व्यवसायीको आलोचना भइरहँदा चितवनमा भने केही समयमा काम सक्ने ठेकेदारलाई सम्मान गरिएको छ। 

भरतपुर महानगरपालिकाले गौरवको आयोजनामा निरन्तर काम गरेको भन्दै सगुन कन्स्ट्रक्सनका सञ्चालक सहदेव खड्कालाई सम्मान गरेको हो। 

भरतपुर महानगरभित्रका पुल्चोक गोन्द्राङ ६ लेनको सडक, महानगरको ५३ करोडको प्रशासकीय भवन र रिङ रोडको एक भाग समयमै सकेपछि प्रशासकीय भवन उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ʻप्रचण्डʼले सम्मान गरेका हुन्।  

सम्मानित भएपछि खड्काले आफूलाई सबैबाट सहयोग भएको कारण काम छिटो गरेको बताए। वातावरण मिले व्यवसायीले काम छिटो गर्न सक्ने उनले बताए। उनले भण्डारा खानेपानीको काम पनि गरेका हुन्। भरतपुरमा सुविधा सम्पन्न सिटी हल पनि निर्माणको जिम्मा लिएर उनले काम गरिरहेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.