एमालेले धनुषाको चारवटै क्षेत्रमा टुङ्ग्यायो प्रतिनिधिसभाका उम्मेदवार
ढल्केवर(धनुषा) : नेकपा एमालेले धनुषाको चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभाको उम्मेदवारको टुंगो लगाएको छ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले धनुषाको चारवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको हो।
धनुषा निर्वाचन क्षेत्र नं १ का लागि रामचन्द्र मण्डल, क्षेत्र नं २ मा उमाशंकर अरगरिया, क्षेत्र नं ३ मा जुलीकुमारी महतो र क्षेत्र नं ४ मा रघुवीर महासेठलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ।
क्षेत्र नं १ का लागि उम्मेदवार तय भएका मण्डल मधेश प्रदेशका निवर्तमान सभामुख हुन्। उनी २०७९ को निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित प्रदेशसभा सदस्यमा हुन्। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तोकिएसँगै उनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने तयारी गरेका छन्।
यस्तै क्षेत्र नं २ का लागि उम्मेदवार अरगरिया २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए। अरगरियालाई १५७ मतान्तरले पराजित गर्दै कांग्रेसका रामकृष्ण यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
कांग्रेसका यादवले २० हजार ११२ मत प्राप्त गर्दा एमालेका अरगरियाले १९ हजार ९५५ मत प्राप्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस !