पर्सामा एमालेले नवप्रवेशीदेखि पुराना अनुहारलाई उतार्यो चुनावी मैदानमा

पर्सामा एमालेले नवप्रवेशीदेखि पुराना अनुहारलाई उतार्यो चुनावी मैदानमा
तस्बिर : अन्नपूर्ण

वीरगन्ज:  नेकपा एमालेले पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । एमाले पर्सा क्षेत्र नम्बर १ बाट जसपा नेपाल परित्याग गरेर आइतबार राति मात्रै एमाले प्रवेश गरेका पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवलाई उम्मेदवार बनाएको छ ।

 यादव,ओली निवास गुण्डुमा आइतबार रातिमात्रै पुगेर एमालेमा प्रवेश गरेका हुन् । जसपा नेपालले टिकट नदिने निधो भएपछि यादव एमालेमा प्रवेश गरेर टिकट लिन सफल भएका हुन् । यादव, २०७४ र २०७९ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाटै उपेन्द्र यादवको पार्टीबाट लगातार दुई पटक सांसदमा निर्वाचित भएका थिए । 

यस्तै एमाले पर्सा क्षेत्र नम्बर २ बाट नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २९ निवासी रिमा यादवलाई एमालले पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको हो ।सक्रिय राजनीतिमा नरहेकी यादव,एमालेका स्थानीय नेता प्रधुमन यादवकी पत्नि हुन् ।  

यसैगरी एमालेले पर्सा क्षेत्र नम्बर ३ बाट मधेस प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्वशिक्षामन्त्री प्रमोद जयसवाललाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा पर्साको निर्वाचन क्षेत्र नम्बर ३ (क) मा जसपा नेपालले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिइ प्रदेश सभा सदस्यमा निर्वाचित भएका जयसवाल डेढ वर्षअघिमात्रै नेकपा एमालेमा प्रवेश गरेका थिए । 

पर्सा क्षेत्र नम्बर ४ बाट भने एमालेले जालिम मियाँलाई पुन दोहोर्‍याएको छ । २०७९ को निर्वाचनमा पनि एमालेको उम्मेदवार बनेका जालिम कांग्रेसका रमेश रिजालसँग ५ हजार मतान्तरले पराजित हुन पुगेका थिए । त्यसअघि उनी २०७४ को निर्वाचनमा जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.