कञ्चनपुर-१ मा कांग्रेसबाट गोपी उपाध्यायले पाए टिकट
महेन्द्रनगर : आगामी प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोपी प्रसाद उपाध्याय उम्मेदवार बनेका छन्।
सोमबार पार्टीले उपाध्यायलाई टिकट दिएको हो। उपाध्याय पहिलो पटक निर्वाचन लड्न लागेका हुन्। कांग्रेसले यसपटक उक्त क्षेत्रमा युवालाई अवसर दिएको छ। टिकट पाएपछि अन्नपूर्णसँग छोटो प्रतिक्रिया दिँदै उपाध्यायले आफू जनाताको सेवक भएर काम गर्ने बताए।
मंगलबार उम्मेदवारी दर्ताको दिन रहेकाले त्यसअघि कांग्रेसले धमाधम आफ्ना उम्मेदवारहरू टुंगो लगाइरहेको छ। ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नम्बर २ मा पूर्व मन्त्री नारायण प्रकाश साउँद (एनपी) र क्षेत्र नम्बर ३ मा पूर्व मन्त्री रमेश लेखक निर्वाचन लड्ने सम्भावना छ। कांग्रेस कञ्चनपुरका पार्टी सचिव भीम भट्टले क्षेत्र नम्बर २ मा साउँद र ३ मा पूर्व गृहमन्त्री रमेश लेखक उम्मेदवार बन्ने संकेत गरे यद्धपि अन्तिम टुंगो लाग्न भने बाँकी छ।
प्रतिक्रिया दिनुहोस !