प्यूठानमा १० दलले तय गरे उम्मेदवार
प्यूठान : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा सहभागी हुनका लागि प्यूठानमा १० राजनीतिक दलले उम्मेदवार तय गरेका छन्।
नेकपा (एमाले)ले पार्टीका केन्द्रीय सदस्य तथा विगठित प्रतिनिध सभाका सदस्य बाङ्गेमरोठ निवासी सूर्य थापालाई उम्मेदवार तय गरेको छ। नेपाली कांग्रेसले पार्टीका निवर्तमान केन्द्रीय सदस्य रस्पुरकोट निवासी प्रा.डा. गोबिन्दराज पोख्रेल, नेपाली कम्युनिष्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व लुम्बिनी प्रदेश सभा सदस्य पुण्यखोला निवासी कृष्णध्वज खड्कालाई उम्मेदवार बनाउँदैछ।
राष्ट्रिय जनमोर्चाले नेकपा (मसाल)का लुम्बिनी प्रदेश प्रवक्ता तथा झिमरुक गाउँपालिकाका पुर्व अध्यक्ष बाङ्गेमरोठ निवासी तिलक जिसी र राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका केन्द्रीय सदस्य तथा अर्थसास्त्री खैरा निवासी सुसान्त वैद्यिकलाई उम्मेदवार तय गरेको हो।
त्यस्तै श्रम संस्कृति पार्टीले टिमुरचौर निवासी गोबिन्द गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मावती निवासी धनेश्वर पण्डित, नेपाली जनता दलले बाँदिकोट निवासी बिमल पोख्रेल, बिप्लब नेतृत्वको नेकपा (माओवादी)ले गोठिवाङ्ग निवासी सीता विक सम्झना र प्रगतिशिल लोकतन्त्र पार्टीले विजुवार निवासी श्याम गहतराज उम्मेदार बनाउँदैछ।
उम्मेदवारहरूको मनोनय भोलि माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगामा हुँदैछ। प्यूठानमा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ।
प्रतिक्रिया दिनुहोस !