दोलखाको कांग्रेस उम्मेदवार बने अजयबाबु सिवाकोटी
माघ ५, २०८२ सोमबार २१:२४:५२
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले दोलखाको टिकट पाएका छन्। कांग्रेस संसदीय बोर्ड बैठकले उनलाई दोलखाको टिकट दिएको हो।
अन्नपूर्णसँग कुरा गर्दै उनले दोलखाको टिकट पाएको पुष्टि गरे। हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा चयन भएका थिए।