गच्छदार सुनसरी ३ र निधि धनुषा ३ मा बने उम्मेदवार
काठमाडौं : नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार सुनसरी ३ मा उम्मेदवार बनेका छन्। कांग्रेसको संसदीय बोर्डको बैठकले गच्छदारलाई सुनसरी ३ को टिकट दिएको हो।
त्यस्तै बैठकले विमलेन्द्र निधिलाई धनुषा ३, एनपी साउदलाई कञ्चनपुर २, ज्ञानेन्द्र कार्कीलाई सुनसरी ४ र विक्रम खनाललाई नवलपरासी १ मा टिकट दिएको छ।
त्यस्तै प्रकाशशरण महतलाई नुवाकोट १ मा टिकट दिएको छ भने कैलालीको पाँचवटै क्षेत्रको उम्मेदवार टुंगो लागेको छ। कैलाली १ मा जनकराज चौधरी, कैलाली २ मा विजय स्वाँर, कैलाली ३ मा भीम बडुवाल, कैलाली ४ वीरबहादुर बलायले टिकट पाएका छन्।
प्रतिक्रिया दिनुहोस !