कांग्रेस त्यागेका दुई नेता रास्वपाबाट उम्मेदवार

कांग्रेस त्यागेका दुई नेता रास्वपाबाट उम्मेदवार
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

परासी :  पार्टीबाट टिकट नपाएपछि नवलपरासीका दुईजना कांग्रेस नेता रास्वपाबाट उम्मेदवार बनेका छन् । कांग्रेस छाडेर रास्वपाका उम्मेदवार हुनेमा नवलपरासी क्षेत्र नम्बर १ बाट विक्रम खनाल छन् । उनी संविधान सभा सदस्यसमेत हुन ।  

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्रीसमेत रहेका खनाल २०७० सालको संविधान सभाबाट नेपाली कांग्रेसबाट बिजयी भएका हुन् । उनलाई २०७४ सालमा निर्वाचन क्षेत्र नम्बर १‘क’ बाट पार्टीले प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएपनि पराजित भएका थिए  । गत २०७९ मा टिकट नपाएपछि पार्टीका उम्मेदवार विनोद चौधरीलाई हराउन भूमिका खेलेको भन्दै खनाललाई कारबाही गरिएको थियो ।

चौधरीसँगै खनालको नाम पनि उम्मेदवारमा सिफारिस भएको थियो । कारबाही फुकुवा भएपनि टिकट नपाउँदा उनी रास्वपाबाट उम्मेदवार बनेका हुन् । खनाल बर्दघाट नगरपालिका भुताहा निवासी हुन् । उनलाई सोमबार रास्वपाले टिकट दिएको हो । 

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ बाट रामग्राम नगरपालिकाका पूर्व मेयर नरेन्द्रकुमार गुप्ता रास्वपाबाट उम्मेदवार भएका छन् । गुप्ता नेपाली कांग्रेसबाट २०७४ सालमा मेयरमा निर्वाचित भएका थिए । पार्टीले उनलाई पुन २०७९ सालमा मेयरको टिकट दिएपनि पराजित भएका थिए । 

रामग्राम नगरपालिका–२ परासीका गुप्तालाई अहिले नेपाली कांग्रेसले उम्मेदवारका लागि सिफारिस गरेको थियो । तर, कांग्रेसबाट देबेन्द्रराज कँडेलले टिकट पाएपछि गुप्तालाई आज मंगलबार बिहान मात्र टिकट दिइएको हो । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.